
काठमाडौं । ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर) ले सस्टेनेवल प्राक्टिस (दिगो अभ्यास)मा उत्कृष्टता हासिल गर्ने ‘होटल बाराही काठमाडौं’ लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ ।विभिन्न मापदण्डमा आधारित रहेर गरेको मूल्यांकनमा उत्कृष्ट रेटिङ प्राप्त गरेपछि अगष्टसम्मका लागि टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रुपमा होटललाई उक्त प्रमाणपत्र प्रदान गरेको हो ।
टफ्ट टाइगरले इको फुटप्रिन्ट रेटिङमा चारवटा मापदण्ड समावेश गरेको थियो । रेटिङमा होटलको वातावरणीय प्रभावलाई मध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्डअनुरुप नै भएको उल्लेख गरेको छ ।टफ्ट टाइगरले पहिलो मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत बातावरणिय सचेतना, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानूनको पालना र तालिमलगायतका होटलले गरेको गतिविधिलाई आधार मानेको थियो ।साथै दोस्रो मापदण्डमा पारिस्थितिक अभ्यासअन्तर्गत होटलले पानीको संरक्षणदेखि पुनः उपयोग, फोहोर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षाका मापदण्डहरुको पालना कसरी गरेको छ भन्ने विषयलाई समावेश गरिएको थियो ।
त्यसैगरी तेस्रो मापदण्डमा आर्थिक अभ्यासअन्तर्गत होटलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, रोजगारीमा स्थानीयको सहभागिता, स्थानीय सीप र खानाको प्रबद्र्धन र स्थानीय उत्पादनको खपत होटलले कसरी गरिरहेको छ भन्ने विषय समावेश गरिएको थियो ।साथै चौथो मापदण्डमा सामाजिक–सांस्कृति प्रभावअन्तर्गत होटलले संस्थागत सामाजिक उत्तरदायित्व र स्थानीय शिल्प कौशल र सीपको प्रबद्र्धन गरेको सहयोगलाई आधार बनाइएको थियो ।मूल्यांकनका क्रममा फोहोर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानूनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रबद्र्धन, अपांगता भएका व्यक्तिहरुको सहजता र होटलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो ।
कम्पनीले होटलको भौतिक संरचना समावेशी ढंगले निर्माण गरिएको उल्लेख गर्दै अपांगतामैत्री कोठाका साथ खुला ठाउँमा सहज पहुँचका लागि स्ट्रेचर र विद्युतीय ह्विलचेयर उपलब्ध गराएको छ ।होटलले स्थानीय संस्कृति प्रबद्र्धन, सीप विकासअन्तर्गत स्थानीय तथा मिथिला कलाकृति, मूर्तिकला र हस्तकला प्रबद्र्धनमा दिएको प्राथमिकतालाई पनि मूल्यांकनको आधार बनाइएको थियो ।त्यसैगरी सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान, भद्रकाली मन्दिर परिसरमा सरसफाइ, रोटरी क्लबसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा र समुदायको विकासका लागि विभिन्न कार्य, फुटसल प्रतियोगिता तथा स्थानीय विद्यालयको पूर्वाधार विकास र शैक्षिक सामग्रीलगायतको सहयोगलाई पनि उक्त मूल्यांकनमा समावेश गरिएको थियो ।
बाराही हस्पिटालिटी अन्तर्गत रहेको होटल बाराही काठमाडौं २०२३ जुलाइदेखि सन्चालनमा आएको हो । सातौं तल्लामा अल डे डाइनिङ रहेको होटलको नवौं तल्लामा इन्फिनिटी लाउन्ड छ । ब्युटी होटलमा ससंग्रहाल बार छ । इन्फिनिटी लाउन्ज रहेको छ ।भुइँ तल्लामा इलि कफी आउटलेट सन्चालमा आएको ब्युटी प्रडक्टको आउटलेट र सोभेनियर सप सब्चालनको तयारीमा छन् । होटलमा स्पा र फिटनेस सेन्टर निमाणाधिन छ । सातौ तल्लामा नारायणहिटी दरवार संग्रहालय मोहोडा भएको इन्फिनिटी स्विमिङ पुल होटलको आकर्षण हो ।बाराही काठमाडौँ होटलले हालै ‘साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४’ बाट नयाँ होटलका रुपमा दक्षिण एशियामा सर्बोत्कृष्ट (गोल्ड अवार्ड) प्राप्त गरेको छ । साथै होटलले नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षाको मापदण्ड अनुसार ’ए’ श्रेणी (अतिउत्तम वर्गीकरण) प्राप्त गरेको छ ।बाराही हस्पिटालिटीअन्तर्गत हाल कास्कीमा ’होटल बाराही पोखरा’, ’साराङकोट माउन्टेन लज’, ’आबास पोखरा’ तथा चितवनमा ’बाराही जंगल लज’ र काठमाडौँमा ’बाराही काठमाडौँ’ सञ्चालनमा छन् । हालसम्म चितवनको बाराही जंगल लज यसअघि नै इको सर्टिफाइड भइसकेको छ भने अन्य होटल पनि यसका लागि प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।