चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

  • हुलाक सञ्चार
  • काठमाडौं । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू भएसँगै चिनियाँ एपको लोकप्रियता बढेको छ ।

    अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँग प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोटको अर्थात स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् ।

    नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा टिकटकका प्रयोगकर्ताहरु चिनियाँ एपतिर बसाई सरेका हुन् ।
    पछिल्ला दिनमा रेडनोट अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ। यो टिकटकको प्रतिस्पर्धी एपका रुपमा मानिएको छ ।

    उक्त एपप्रति विदेशी प्रयोगकर्ताहरूको आगमनले चिनियाँ ब्रान्डहरूलाई विश्वव्यापी पहुँच विस्तार गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।

    अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई लक्षित गरी बनाइएको ‘डाइभेस्ट वा ब्यान’ कानुनलाई सदर गरिसकेकाले १७ करोड अमेरिकी प्रयोगकर्ताहरू भएको यो एप प्रतिबन्ध निश्चित जस्तै मानिएको छ । (एजेन्सी)

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१