![](https://hulaksanchar.com/wp-content/uploads/2025/02/3@.jpg)
काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा आजबाट ‘अन्तर्राष्ट्रिय थ्रि एक्स थ्रि एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप’ सुरु भएको छ ।
आज सोमबारबाट सुरु भएको खेल बुधबारसम्म चल्ने छ, भने प्रतियोगितामा ३२ टिमको सहभागी छ । प्रतियोगितामा नेपालबाहेक बंगलादेश, भारत र पाकिस्तानका टिम सहभागी भएका छन् ।सोही क्रममा नेपाल बास्केट बल संघको अध्यक्ष भिमसिन गुरुङले थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिपको दोस्रो संस्करण पहिलोकोभन्दा भव्यताका साथ सञ्चालन गरिरहेको बताएका छन् ।
उनले भने, ‘थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिप भई रहेको छ । यो एउटा अन्तराष्ट्रिय स्तरको खेल हो । यो दोस्रो संस्करणको खेल हो । पहिलो संस्करण हामीले भव्यताका साथ सम्पन्न गरेका थियौं र यो वर्ष विगतको भन्दा पनि भव्यताका साथ सञ्चालन गरिरहेका छौ ।’यस्तै, उनले यो वर्ष पहिलाको भन्दा विदेशी खेलाडी र टिमको संख्या बढेको भन्दै आउँदो वर्षमा यसलाई अझै गुणस्तर खेलको रुपमा स्थापित गर्ने बताए ।यसपालीको पुरस्कारको राशी तय नभए पनि विगतको भन्दा बढि नै राख्ने सोचमा रहेको पनि उनको भनाई छ ।