![](https://hulaksanchar.com/wp-content/uploads/2025/02/basundara.jpg)
काठमाडौं । बरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको बताएकी छिन् ।
मंगलबार काठमाडौंमा ‘चलचित्रमा महिला’ बिषयको प्यानल छलफलमा बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताएकी हुन् ।उनले भनिन्, ‘महिला बहिनीहरुलाई एकदमै समस्या छ । हिरोको तुलनामा हिरोइनहरुलाई त्यति पैसा छैन । महिलाहरुलाई वास्तवमा गाह्रो छ ।
हलिउड, बलिउडमा नि त्यस्तै छ । महिला र पुरुषमा भिन्नता देखाउनुहुन्न । धेरै चलचित्रहरु पुरुष चलचित्र बन्छन तर त्यसो हुनुहुन्न । किनकी पुरुषहरुलाई जन्माउने हामी नारी हौ नी । नारीहरुले संवेदनात्मक रुपमा पुरुषको भन्दा बढी दर्शक आकर्षण गर्छन् । सामाजिक चलचित्र बढी चलेका छन् ।’
उनले युवा वर्ग र महिलाहरु चलचित्र क्षेत्रमा आउन आग्रह गरेकी छिन् । उनले महिलाहरु हरेक क्षेत्रमा आउनुपर्ने भन्दै विशेसगरी चलचित्रको प्राविधिक क्षेत्रमा महिला क्यामेरा, सम्पादक कम भएको बताइन् ।
यस्तै, उक्त कार्यक्रममा बोल्दै कोरियोग्राफर, निर्देशक तथा निर्माता रेनशा बान्तवाले महिलाहरुले आफ्नो कमजोरी आफै प्रदर्शन गर्ने गरेको बताइन् ।