सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको थियो भने आज सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१