बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक दैनिक हाजिरी जमानीमा छुटे

काठमाडौ । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन सत्रमा बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक हाजिरी जमानीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको हो ।नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुने गरी फागुन ३ गते पड्किएको उक्त बेलुनमा अनुमति बिना हाइड्रोजन ग्याँस भरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा उनै कमलेशले बेचेको बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा विस्फोट भएको थियो । कमलेश त्यहि दिन पक्राउ परेका थिए ।हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरु दुवैजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।घटनाको छानबिन गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले काम पनि थालिसकेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१