लगनखेलमा पोखरी संरक्षणका लागि भवनहरु भत्काउन थालियो

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलको चोकमा रहेका भवनहरु भत्काउने काम सुरु गरेको छ ।

ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सोमबार लगनखेलस्थित पोखरी संरक्षणका लागि भवन भत्काएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।उनले लगनखेलको चोकमा रहेको पोखरी छोपिएकाले भवनहरु हटाएर पोखरीलाई सबैले हेर्नसक्ने बनाउनको लागि भत्काएको बताए ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सप्तपातल पोखरी बनाइरहेका छौं । सँगै राजदलले लिइराखेको लगभग ३० रोपनी क्षेत्रफलमा रहेका तीन वटा पोखरी पनि फिर्ता लिएका छौ । त्यसको पनि संरक्षण भइरहेको छ । यसै सन्दर्भमा लगनखेल चोकमा रहेको ऐतिहासिक पोखरी छोपिएको अवस्थामा छ । यहाँभित्र पोखरी छ भन्ने कुरा सायद धेरैलाई थाहा छैन् होला । यसलाई सुधार गर्दैछौ । तर पोखरीलाई बटुवाहरुले कति ठूलो पोखरी रहेछ भनेर देख्न पाउन भनेर काम गरेका हौं ।’

यसको साथै, उनले उक्त स्थानमा वडा नं ५ को कार्यालयलगायतका भवनहरु रहेको पनि बताए ।उनले भने, ‘यही ठाँउमा वडा नं ५ को कार्यालयलगायतका भवनहरु धेरै पहिलादेखि बनिरहेको हुनाले ति भवनहरु सबै भत्काउदैँछौ । यहाँ रहेको न्हुँ पुखुको बारेमा धेरै मान्छेलाई थाहा छैन् । यस्तो ऐतिहासिक न्हुँ पुखु छ तर छोपिएको अवस्थामा भएको कारणले कसैले देखेको छैन् । त्यसकारण अब यो सबै भवनहरु हटाएर पोखरीलाई राम्रो बनाउछौ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१