पोखराबाट काठमाडौं आउन लागेका पूर्वराजाको साइत अशुभ : हरिहर अधिकारी

काठमाडौं । ज्योतिष हरिहर अधिकारीले पुर्वराजा ज्ञानेन्द्र शाह आउँदा साइत नमिलेको बताएका छन् ।

आज ३ बजे पोखराबाट काठमाडौं आउन लागेका शाहलाई मार्गदर्शन गर्ने ज्योतिषलाई अधिकारीले सुझाव दिएका छन् ।

शाह काठमाडौं आउने समय चन्द्रमा बायाँ पर्ने भएकोले अशुभ हुने उनले बताएका छन् `ज्योतिष शास्त्रको सामान्य सइ̆त हेर्ने नियम पनि पालन गराउन नसकेको हो कि नजानेको हो? राम्रो साइतमा चन्द्रमा दायाँ परेर यात्रा गर्दा पो सोचेको काम सफल होला, हैन र?´

उनले थपे `हामी हिन्दू राष्ट्र बनाउँछौं भन्छौं, राजा ल्याएर स्थान दिनुपर्छ भन्छौं, राजाको छेउछाउमा बोल्ने ज्योतिषी र गुरुहरू थुप्रै देख्छौं। तर आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन्। हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै?´

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१