बेमौसमी ट्याउँट्याउँ पानीका फोका : गोकुल बास्कोटा

काठमाडौं । एमाले पोलिटब्युरो सदस्य तथा सांसद गोकुल बास्कोटाले पूर्वराजालाई लिएर भएको आतिशबाजीलाई बेमौसमी ट्याउँट्याउँ भनेका छन् ।

बेमौसमी ट्याउँट्याउँ पानीका फोका रहेको उनको भनाइ छ । उनले सामाजिक संजालमा लेखेका छन् `राजनीतिक ब्यबस्थाको स्थीरताको प्रश्नमा नेपाल कुनै समस्यामा छैन।सरकारको स्थिरता त राजनीतिक दलको नीति,विधी व्यवहार,सामाजिक सम्बन्ध र प्रतिष्पर्धात्मक क्षमताले आवधिक निर्वाचनमा जनमतले निर्धारण गर्ने कुरा न हो।अरु बेमौसमी ट्याउँट्याउँ पानीका फोका।´

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदै छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१