
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदै छन् ।
काठमाडौं फर्किन लागेका शाहलाई स्वागत गर्न राजावादी समूहहरु एकजुट हुँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजालाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईंले आह्वान गरिसकेका छन् । उनीहरुले हजारौंका संख्यामा नागरिक उत्रार्ने बताउँदै आएका छन् । यसैलाई मध्यनजर गर्दै काठमाडौ उपत्यकाका संवेदनशिल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जुलुसमा राजेन्द्र लिङदेनको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, दुर्गा प्रसाईं, केशरबहादुर विष्टलगायत सहभागी हुनेछन् ।
यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।