हेटौंडामा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा

काठमाडौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, ११ र १७ मा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा आएको छ ।

पशु सेवा कार्यालयले प्रभावित वडामा कीटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिभर नियन्त्रणमा आएको हो ।गएको मङ्सिरदेखि फैलिएको स्वाइन फिभरबाट हेटौंडा उपमहानगरपालिकाका तीनवटा वडामा किसानले पालेका दुई सयभन्दा धेरै बङ्गुर मरेका थिए ।

यस्तै तीन लाख भेडाबाख्रामा पीपीआर खोप लगाइएको पशु सेवा कार्यालयका प्रमुख डा.ब्रजकिशोर ठाकुरले बताए । भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फार्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ ।त्यस्तै पशु सेवा कार्यालयले मकवानपुरमा किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । साथै जिल्लाका एक हजार कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१