• २०८३ असार ९
  • 2026 June 23, Tuesday

दुर्गा प्रसाईंको लिङ्देन र कमल थापाप्रति असन्तुष्टि, सहकार्य तोड्ने घोषणा

"अब राजा स्वयंले बोलिसकेपछि राजसंस्थाका विषयमा अरू कसैले धेरै बोलिरहन आवश्यक छैन। राजा अगाडि बढिसकेका छन्, अब आन्दोलनको नेतृत्व उहाँकै हातमा छ। म केवल सारथि थिएँ, छु र रहिरहनेछु। म राजासँगै मिलेर काम गर्न चाहन्छु, तर अरूसँग, विशेषगरी हलीहरूसँग मिलेर सडक आन्दोलनमा जाने छैन। सबैलाई चेतना भया।"

  • २०८१ फागुन २७, मङ्गलबार १४:३३

पोखराबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा आयोजित जुलुसमा सहभागी भएका दुर्गा प्रसाईंले राजेन्द्र लिङ्देन र कमल थापाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उक्त जुलुसमा लिङ्देन नेतृत्वको राप्रपा, थापा नेतृत्वको राप्रपा नेपाल, र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ समेत सहभागी थिए।

तर, दुई दिनपछि मंगलबार प्रसाईंले लिङ्देन र थापासँग अब सहकार्य नगर्ने घोषणा गरे। उनले स्पष्ट रूपमा भने, अब राजा स्वयंले बोलिसकेपछि राजसंस्थाका विषयमा अरू कसैले धेरै बोलिरहन आवश्यक छैन। राजा अगाडि बढिसकेका छन्, अब आन्दोलनको नेतृत्व उहाँकै हातमा छ। म केवल सारथि थिएँ, छु र रहिरहनेछु। म राजासँगै मिलेर काम गर्न चाहन्छु, तर अरूसँग, विशेषगरी हलीहरूसँग मिलेर सडक आन्दोलनमा जाने छैन। सबैलाई चेतना भया।”

प्रसाईंले सांसद पद त्यागेर आए आफु सहकार्यका लागि तयार रहेको पनि बताए ।

  • २०८१ फागुन २७, मङ्गलबार १४:३३