गगन थापाले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न र सचेत रहन गरे आग्रह

काठमाडौँ, २७ फागुन – नेपाली कांग्रेसका महामन्त्री र सांसद गगनकुमार थापाले जनताका असन्तुष्टिलाई समयमै बुझेर त्यसमा सचेत रहनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई “केही हैन” भन्ने अहंकार राख्नु उचित नहुने बताएका छन्।

“जनता असन्तुष्ट छन् र त्यस असन्तुष्टिमा आक्रोश छ। यसलाई नजरअन्दाज गर्न हुँदैन,” उनले भने।

“यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन। जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छ र सचेत रहनुपर्छ।”

थापाले २०६२/०६३ को जनआन्दोलनमा नेपाली कांग्रेससँग खडा भएका नागरिक पंक्तिको पनि आज असन्तुष्टि रहेको भन्दै तिनीहरूसँग संवाद गर्नुपर्ने सुझाव दिएका छन् ।

“त्यो नागरिक पंक्ति जसले हिजोको जनआन्दोलनमा हामीलाई साथ दियो, जो आज रिसाएको छ र असन्तुष्ट छ। हामीलाई उनीहरूको कुरा सुन्नुपर्छ र उनीहरूसँग संवाद गर्नुपर्छ,” उनले भने।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१