• २०८३ असार ९
  • 2026 June 23, Tuesday

“प्रचण्डको ‘बिचौलिया’ आरोपको गोकर्ण विष्टद्वारा खण्डन, सर्पले सर्पको खुट्टा देख्ने भन्दै गरे व्यङ्ग्य

विगतमा प्रचण्ड स्वयंले विचौलिया तथा सो प्रकृतिका व्यक्तिहरुसंग संगत गरेकाले उनलाई यस्तो लागेको पो हो कि?

  • २०८१ फागुन २७, मङ्गलबार १५:५२

नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा गरेका अभिव्यक्तिहरूको खण्डन गरेका छन् ।

विगतमा प्रचण्ड स्वयंले विचौलिया तथा सो प्रकृतिका व्यक्तिहरुसंग संगत गरेकाले उनलाई यस्तो लागेको पो हो कि, भन्ने खालको आशंका व्यक्त गरे ।

विष्टले प्रचण्डको भनाइलाई “अत्यन्तै अमर्यादित र गैरजिम्मेवार” भनेका छन् ।  उनले प्रचण्डलाई “सर्पले सर्पको खुट्टा देख्छ भनेझैं” यस्तो दृश्य देख्नका लागि बानी लागेको हो कि भनेर प्रश्न समेत उठाए ।

विष्टले सुशासन र सुधारका लागि सबैको सहकार्य आवश्यक भएकोमा जोड दिएका छन्।

उनले कानूनी संरचना निर्माण, कार्यान्वयनका लागि जनशक्ति निर्माण, र बजेटमार्फत आशा जगाउन महत्त्वपूर्ण भएको बताए। उनले लोकतन्त्रको विकल्प भनेको उन्नत र सुधारिएको लोकतन्त्र मात्र भएको र राष्ट्र र जनताको हितमा अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।

विष्टले आरोप प्रत्यारोपको आवश्यकता नभएको पनि भनेका छन्।

  • २०८१ फागुन २७, मङ्गलबार १५:५२