• २०८३ असार ९
  • 2026 June 23, Tuesday

प्रेस चौतारी नेपाल मधेस प्रदेशको अध्यक्षमा लालबाबु चयन

  • २०८१ फागुन २७, मङ्गलबार १६:०७

रौतहट । प्रेस चौतारी नेपाल मधेस प्रदेशको अध्यक्षमा लालबाबु शेख सर्वसम्मतले चयन भएका छन ।
रौतहटको चन्द्रनिगाहपुरमा भएको प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनले नयाँ नेतृत्वको समिति सर्वसम्मत चयन गरेको हो । प्रेस चौतारी नेपाल मधेस प्रदेशको उपाध्यक्षमा गौतम श्रेष्ठ र भवानी सुवेदी चयन भएका छन भने महासचिवमा दिवाकर भण्डारी निर्वाचित भएका हुन ।
सो संगठनको कोषाध्यक्षमा जितेन्द्र शाह र सचिवहरूमा ग्यासु मिया देवान, जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा चयन भएको प्रेस चौतारी नेपाल रौतहट अध्यक्ष अशोक कुमार पहाडीले जानकारी दिए ।
उनका अनुसार सदस्यहरूमा पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आसिक अन्सारी, सुरेशप्रसाद आचार्य, सङ्गीता सिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतो चयन भएका छन ।

  • २०८१ फागुन २७, मङ्गलबार १६:०७