
काठमाडौं । काठमाडौंको हावाको गुणस्तर अस्वस्थकर रहेको छ । सोमबार वायुको गुणस्तर मापन गर्ने वल्र्ड एक्यूआई सूचिमा काठमाडौं विश्वकै प्रदुषणको तेस्रो स्थानमा परेको हो ।
पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा पोल्याण्डको वर्कक्लो छन् । सोमबार बिहान १० बज्दा काठमाडौंको एक्यूआई १८५ रहेको छ । यो जनस्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। १५१ देखि २०० एक्यूआई ‘अस्वस्थकर’ हुन्छ।
नयाँदिल्लीको एक्युआई २४४ छ। यो अत्यन्तै अस्वस्थकर हो।
ललितपुरको पाटन वायुको गुणस्तर अत्यन्तै अस्वस्थकर देखिएको छ । त्यहाँ वायुको गुणस्तर २३९ एक्यूआई पुगको छ । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ।