• २०८३ असार ९
  • 2026 June 23, Tuesday

नेविसंघ बाग्लुङको लफडा मिल्यो, सृष्टी आचार्यको टिमलाई जिताउन दुवै पक्ष एकजुट

  • २०८१ फागुन २८, बुधबार १५:०२

बाग्लुङ। आसन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारको बिषयलाई लिएर नेविसंघ बाग्लुङमा देखिएको विवाद समाधान भएको छ। धवलागिरी बहुमुखी क्याम्पसमा नेविसंघको तर्फबाट अध्यक्षको टिकट कसलाई दिने भन्ने बिषयमा दाबेदारद्वय सृष्टी आचार्य र दिपक सुबेदी पक्षको कुरा नमिल्दा उत्पन्न भएको विवाद समाधान भएको हो।

“ठुलो विवाद केहि भएको होइन, नेविसंघ जिल्ला अध्यक्ष विशेष पराजुलीले भने- साथीहरुबीच असमझदारी बनेको थियो अहिले सबै समाधान भयो अब नेविसंघ एकजुट भएर सृष्टी आचार्यको टिमलाई जिताउन लाग्छ। ”

टिकट वितरणमा धुसपैठ गर्न खोजेको भन्दै स्ववियुले नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य श्रीकृष्ण पौडेललाई बिभिन्न आरोप लगाउँदै कारबाही गर्ने चेतावनी दिएपछि स्थिति प्रतिकुल बनेको थियो।

 

  • २०८१ फागुन २८, बुधबार १५:०२