निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । शनिबार रातिदेखि पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटेको हो।

शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१