काठमाडौं । काठमाडौंको वायु प्रदूषण अहिले विश्वकै पहिलो नम्बरमा पुगेको छ ।
वायु गुणस्तर मापन यन्त्र (एक्यूआई) का अनुसार काठमाडौंको वायुको स्तर रातिको ११ बज्दा २२२ एक्यूआई पुगेको छ । विहान र दिउँसोको भन्दा एक्यूआई स्तर घटेपनि विश्वकै प्रदूषित सहरको सूचिमा अग्रपङतीमा छ ।
काठमाडौंको वायु अति अस्वस्थकर छ । २०१ देखि २५० एक्युआईलाई अति अस्वस्थकर मानिन्छ । बिहान काठमाडौंको वायु खतरनाक स्तरमा पुगेको थियो । ३०१ देखि माथिको अंक खतरनाक वायु हो ।
