• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

ज्ञानेन्द्र शाहलाई काउन्टर: ८४को चुनावमा ‘श्रीपेच चिह्न’ लिएर दुई तिहाइ ल्याएर व्यवस्था बदल्नुहोस्

  • २०८१ चैत २३, शनिबार १८:२०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहे जस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् ।

झापाको मेचीनगर धुलाबारीमा पार्टीले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाइ जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए ।

महामन्त्री शर्माले भने, ‘चौरासी सालमा चुनाव हुँदैछ । यदि तपाईंलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस् । दुई तिहाइ ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस्, तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन ।’

  • २०८१ चैत २३, शनिबार १८:२०