• २०८३ असार ८
  • 2026 June 22, Monday

रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • २०८१ चैत २६, मङ्गलबार १६:१८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।उनीहरू अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरा त्यसैदिन पक्राउ परेका थिए ।मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

आरोपितहरू विरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा मिश्र र जबरासहित २० जना थुनामा छन् । यसअघि उनीहरूविरुद्ध क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो । तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरेर आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेकाहरूमाथि थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आपराधिक उपद्रव सम्बन्धी कसुरमा ५३ जना थुनामा छन् ।

  • २०८१ चैत २६, मङ्गलबार १६:१८