• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

काठमाडौं र अन्य प्रदेशमा वर्षा ,प्रदूषण कम हुने अनुमान

  • २०८१ चैत २७, बुधबार १५:२९

काठमाडौं– काठमाडौं उपत्यका र देशका विभिन्न स्थानहरूमा लामो समयपछि वर्षा भएको छ, जसले वायु प्रदूषणको समस्या भोगिरहेका नागरिकलाई केही राहत मिल्ने आशा उत्पन्न गराएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले काठमाडौं उपत्यकाका केही स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म वर्षा भइरहेको छ। मौसमविद् गोविन्द झाले यस वर्षाको
मुख्य कारण पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भइ रहेको जलवाष्फयुक्त हावाको असर भएको बताएका छन्।

“पानी विभिन्न स्थानहरूमा जमिन भिजाउने गरी परेको छ, जसले वायु प्रदूषणमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ।

वर्षा अझै जारी रहने र आगामी बिहीबार पनि काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ।

वर्षाकै कारण अगानिस्तानसँगको यू-१९ एकदिवसीय सिरिजको तेस्रो खेल पनि प्रभावित बनेको छ ।

  • २०८१ चैत २७, बुधबार १५:२९