दुर्गाको सचिवालय भन्छ- आफ्नो सुरक्षाको लागि आसाम प्रहरी समक्ष आत्मसमर्पण गर्नुभयो

काठमाडौं । दुर्गा प्रसाईंले प्रहरी समक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ ।

दुर्गा प्रसाईंको सचिवालय नामक फेसबुक आईडीमार्फत आसाम प्रहरीमा दुर्गा प्रसाईंले आत्मसमर्पण गरेको बताइएको छ ।

स्टाटसमा लेखीएको छ ` दुर्गा प्रसाईंलेले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ । हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यान को सुरक्षा को ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौ भनेका थियौ र आज उपस्थित भयौ । ´

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१