यूके र क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलबमा यूके र क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका-३ का ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका-६ का २३ वर्षीय ईश्वर पोखरेल रहेका छन्, जो हाल काठमाडौं महानगरपालिका-२९ र ३० मा बसोबास गर्दै थिए।

खड्काले यूके पठाइदिने प्रलोभन देखाएर २ जना पीडितसँग ३६ लाख रुपैयाँ लिएका थिए भने पोखरेलले क्यानडा पठाइदिने भन्दै १ जना पीडितसँग १० लाख ५१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए। यस घटनामा पीडितहरूले उजुरी दिएका थिए।

उजुरीको आधारमा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले शनिबार खड्कालाई ललितपुरको महालक्ष्मी नगरपालिका-८ बाट र पोखरेललाई शुक्रबार काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१