
काठमाडौं । चीनको राजधानी बेइजिङमा शनिबार एक अनौठो र रोचक प्रतिस्पर्धा आयोजना गरियो—जहाँ मानिस र रोबोटबीच हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भयो।
सीएनएनका अनुसार, चीनले प्रविधि र रोबोटिक्स क्षेत्रमा गरेको प्रगति प्रदर्शन गर्ने उद्देश्यले बेइजिङको दक्षिण–पूर्वी यिझुआङ जिल्लामा यस्तो प्रतियोगिता आयोजना गरिएको हो।२१ किलोमिटरको हाफ म्याराथन दूरीमा हालसम्मको कीर्तिमान युगान्डाका जेकब किप्लिमोको नाममा छ, जसले सो दूरी ५६ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए।
तर बेइजिङमा आयोजित दौडमा मानिसले १ घण्टा २ मिनेटमा लक्ष्य पूरा गर्दा रोबोटहरूले सोही दूरी पूरा गर्न २ घण्टा ४० मिनेट लाग्यो। यसरी रोबोटहरू मानिसभन्दा १ घण्टा ३८ मिनेट ढिलो पुग्न पुगे।प्रतियोगितामा चीनका प्रमुख प्रविधि कम्पनीहरू—ड्रायडअप, नोएटिक्स रोबोटिक्स, र तियांगोंग अल्ट्राजस्ता संस्थाहरूले निर्माण गरेका २१ वटा रोबोट सहभागी थिए। यो प्रतियोगिता चीनमै पहिलोपटक आयोजना गरिएको मानव–रोबोट म्याराथन दौडको उदाहरण बनेको छ।