कश्मीर घटना : “आतंककारीले कल्पना गरेभन्दा कडा सजाय पाउँछन्” – प्रधानमन्त्री मोदी

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको पहलगाममा भएको आतंककारी हमलाका दोषीहरूलाई उनीहरूले कल्पना गरेभन्दा कडा सजाय दिइने दाबी गरेका छन्।

हमलापछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले देशले यस्तो दुस्साहसलाई कहिल्यै माफ नगर्ने स्पष्ट संकेत दिएका छन्।”जसले यो हमला गरेका छन्, उनीहरूलाई हरेक हिसाबले सजाय दिइनेछ,” प्रधानमन्त्री मोदीले भने, “उनीहरूले जे सोचेका थिए, त्यसभन्दा धेरै कडा सजाय पाउनेछन्। सजाय पक्कै मिल्नेछ।”

प्रधानमन्त्री मोदीले घटनामा परेर घाइते भएका व्यक्तिहरूको उपचार र पीडित परिवारहरूको सहयोगका लागि सरकारले सबै उपाय अपनाइरहेको जानकारी दिए। “कतिले आफ्ना छोरा गुमाए, कसैले भाइ, कसैले जीवनसाथी गुमाए – हामी सबै उनीहरूको पीडामा साथ छौं,” उनले भने। प्रधानमन्त्री मोदीले यो आक्रमण पर्यटकहरूमाथिको मात्र नभई भारतको आत्मामाथि गरिएको हमला भएको टिप्पणी गर्दै सिंगो देश नै आक्रोशित र दुःखी भएको बताए। “देशका दुश्मनहरूले भारतको आत्मामाथि हमला गर्ने दुस्साहस गरेका छन्,” उनले भने।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१