• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानमन्त्रीको आजको संसद्‌ सम्बोधन स्थगित

  • २०८२ वैशाख १२, शुक्रबार ११:४८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभालाई गर्ने भनिएको सम्बोधन स्थगित गरिएको छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्‌मा अनुपस्थित रहने भएपछि प्रधानमन्त्रीको सम्बोधन अर्को दिनका लागि सारिएको हो।

“प्रधानमन्त्री संसद्‌मा बोल्दा सबै प्रमुख दलका नेताहरूको उपस्थिति रहने परम्परा रहिआएको छ,” बर्तौलाले भने, “तर आज विपक्षी दलका नेता बाहिर भएकाले उपस्थित हुन नसक्ने भएकाले सम्बोधन स्थगित गरिएको हो।”बजेट अधिवेशन अन्तर्गतको आजको संसद्‌ बैठक दिउँसो १ बजे सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीको सम्बोधन हुने तय थियो।

  • २०८२ वैशाख १२, शुक्रबार ११:४८