• २०८३ असार ८
  • 2026 June 22, Monday

७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध : मन्त्री गुरुङको अन्तिम चेतावनी

  • २०८२ वैशाख १२, शुक्रबार १५:१५

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई ७ दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले मेटाले पटक–पटकको आग्रह बेवास्ता गरेको आरोप लगाए।

मन्त्री गुरुङले अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। “नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा जान्छ, त्यसैले मेटाले नेपालमा कर तिर्नैपर्छ,” उनले भने।

उनले मेटाले नेपालको जिडिपीभन्दा बढी कमाइ भएको घमण्ड देखाएको र देशको स्वाधीनता पैसामा बेच्न नसकिने स्पष्ट पारे।

हाल नेपालमा टिकटक, भाइबर र वी–टक मात्र दर्ता भएको जनाउँदै, अन्य प्रविधि कम्पनीहरूले पनि कानुनी दायित्व पूरा गर्नुपर्ने मन्त्री गुरुङले बताए।

  • २०८२ वैशाख १२, शुक्रबार १५:१५