• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

शिक्षक महासंघ बिना भेटै फर्कियो, सरकार–शिक्षक वार्ता अलपत्र

  • २०८२ वैशाख १२, शुक्रबार १६:१९

सरकारको वार्ता आह्वानपछि पनि नेपाल शिक्षक महासंघका अधिकारीहरू बिहीबार शिक्षा मन्त्रालय प्रवेश नगरी फर्किएका छन्। महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिन सिंहदरबार गएका भए पनि विशेष कारणवश भेटबिना फर्किएको जानकारी दिएका छन् ।

सुवेदीले मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको दाबी गरेका छन् ।

यता शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई मागमा लचिलो भई वार्तामा बस्न आग्रह गर्दै सरकार समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका छन् ।

तीन सातादेखिको आन्दोलनलाई लिएर सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकको माग सम्बोधन गर्न आदेश दिएपछि सरकार अहिले एकाएक दबाबमा देखिएको छ ।

तर वार्ता प्रक्रिया भने अझै अड्किएको छ। विद्यालय शिक्षा ऐन संशोधनको मागसहित आन्दोलनरत शिक्षकसँग सरकार वार्तामा जुट्न यसपटक पनि असफल देखिएको छ।

  • २०८२ वैशाख १२, शुक्रबार १६:१९