
काठमाडौँ । सोमबार हप्ताको पहिलो दिन भारतीय शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। बजार खुल्नेबित्तिकै बीएसई सेन्सेक्स ६५० अंकले उकालो लाग्दा एनएसई निफ्टी पनि उचालिँदै २४,२०० अंकको नयाँ उचाइमा पुग्यो।
यो सुधारसँगै भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रीज का शेयरमा तीव्र वृद्धि देखिएको छ। कारोबार सुरु भएपछि रिलायन्सको शेयर हरियाली जोनमा रहँदै करिब ४ प्रतिशतले उकालो लाग्यो। यो वृद्धिसँगै कम्पनीको बजार पुँजीकरणमा उल्लेखनीय उछाल आएको छ।शुक्रबार बजार बन्द हुँदा रिलायन्सको बजार पुँजीकरण १७ खर्ब ५९ अर्ब भारु थियो भने सोमबार बजार खुल्दा ३० मिनेटभित्रै यो १८ खर्ब २८ अर्ब भारुमा पुगेको हो।
अर्थात्, छोटो समयमै लगानीकर्ताहरूले ६ खर्ब ९० अर्ब भारुको फाइदा कमाएका छन्।यो उछाल कम्पनीको बलियो त्रैमासिक नाफा विवरणसँग जोडिएको बताइएको छ। गएको आर्थिक वर्षको अन्तिम त्रैमासमा रिलायन्सको कन्सोलिडेटेड नेट प्रफिट २.४ प्रतिशतले बढेर १ खर्ब ९४ अर्ब ७ करोड भारु पुगेको थियो, जसले लगानीकर्ताको विश्वास बढाएको हो।