नागरिक अधिकारको सुनिश्चितताका लागि बागलुङमा प्रदर्शन

बागलुङ । नागरिक अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित बागलुङमा एक शान्तिपूर्ण प्रदर्शन गरिएको छ। ‘अहिंसा, त्याग र सेवा हाम्रा मूल मन्त्र’ भन्ने नारासहित नागरिक नेटवर्क बागलुङद्वारा आयोजित प्रदर्शनमा विभिन्न विद्यालयका विद्यार्थी, सामाजिक अभियन्ता र स्थानीयबासीको सहभागिता थियो।

कार्यक्रममा सहभागीहरूले ‘मौलिक हक सुनिश्चित गर’, ‘निशुल्क शिक्षा कार्यान्वयन गर’, ‘विद्यार्थीले पढ्न पाउनुपर्छ शिक्षकले पढाउन पाउनुपर्छ’ भन्ने नारासहितको प्लेकार्ड बोकेका थिए । उनीहरूले नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा, स्वास्थ्य, रोजगारी, अभिव्यक्ति तथा समानताको हक सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र यसले स्थानीय तहमा नागरिक सचेतना फैलाउन सकारात्मक प्रभाव पार्ने आयोजकहरूको विश्वास छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१