‘अनटेस्ट’ मोटरसाइकल छोएको विवादमा सिराहामा खुकुरी प्रहार, तीन जनालाई पक्राउ

काठमाडौ । सिराहामा ‘अनटेस्ट’ मोटरसाइकल छोडेको विवादमा खुकुरी प्रहारको घटना सार्वजनिक भएको छ। १७ गते सिराहाको लहान नगरपालिका-३, दंग्राहा टोलमा मोटरसाइकल छोडेको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरिएको जानकारी प्राप्त भएको छ।

२७ वर्षीय देवकुमार महतोले आफ्नो नयाँ मोटरसाइकल छोडेको भन्दै उनीमाथि खुकुरी प्रहार गरिएको सिराहा प्रहरीले जनाएको छ।प्रहरी प्रवक्ता वीरेन्द्र पासवानका अनुसार, बुधबार साँझको यो घटना हो, जब देवकुमार महतोले मोटरसाइकल छोएका थिए। प्रारम्भमा मोटरसाइकलको मालिक मनिष महतो र उनका परिवारसँग विवाद सुरु भएको थियो।

जब यो विवाद उग्र बन्यो, मनिषका श्रीमती, भाइ र आमासहितका परिवारजनले देवलाई लछारपछार गर्दै निर्घात कुटपिट गर्न थाले। यसै क्रममा, मनिषका भाइ मुकेश महतोले खुकुरी प्रहार गरे, जसका कारण देव घाइते भए।प्रहरीका अनुसार, देवकुमार महतोलाई सिराहाको प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ। उनको टाउको, घाँटी र ढाडमा चोट लागेको बताइएको छ। घटनापछि प्रहरीले मनिष महतो र उनका परिवारका सदस्य, बुवा दिवस महतो र आमा सिता देवीलाई पक्राउ गरेको छ। खुकुरी प्रहार गर्ने मुकेश महतो भने फरार रहेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१