• २०८३ असार ८
  • 2026 June 22, Monday

रेशम चौधरीको गिरफ्तारीबारे जवाफ माग्दै नागरिक उन्मुक्तिको कडा चेतावनी

  • २०८२ वैशाख २२, सोमबार ११:५४

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टीका सांसद रेशम चौधरीको पक्राउ प्रकरणमा प्रधानमन्त्रीको स्पष्ट जवाफ माग गरेको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले वैशाख १७ गते सांसद रेशम चौधरीलाई “अपहरण शैलीमा” पक्राउ गरी डिल्लीबजार कारागारमा पुर्‍याइएको आरोप लगाए।

“जनमत पार्टीसँग एकता प्रक्रिया अघि बढिरहेका बेला उहाँलाई फर्जी पुर्जीको आधारमा पक्राउ गरियो,” उनले भने, “सरकारले अहिलेसम्म कुनै जवाफ दिएको छैन। यदि प्रधानमन्त्रीले भोलिको बैठकमा स्पष्ट जवाफ नदिने हो भने, हामी सरकारबाट बाहिरिन बाध्य हुनेछौं।”यसैबीच, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि रेशम चौधरीको पक्राउ प्रकरण रहस्यमय भएको टिप्पणी गरे।

  • २०८२ वैशाख २२, सोमबार ११:५४