माओवादीले ‘तराई-मधेश जागरण अभियानमा एक करोड जनतासँग भेटेको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘तराई-मधेश जागरण अभियान’का क्रममा एक करोड जनतासँग प्रत्यक्ष संवाद भएको दाबी गरेको छ। उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार अभियानले पार्टीप्रति आमजनताको आकर्षण बढाएको छ र समाजवादको नयाँ मार्गचित्र देखिएको छ।

अभियानले पार्टीप्रति जनताको आकर्षण बढेको निष्कर्षसहित मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने निर्णयमा पार्टी पुगेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।

शहीद परिवार, बेपत्ता योद्धाका परिवार र घाइतेहरूसँग घनिष्ठ भेटघाटले पीडितहरूमा उत्साह थपेको उनले बताए।

सपाकोटाले अभियानले हुलाकी मार्गको महत्त्व उजागर गरेको, नेता–कार्यकर्तामा प्रतिस्पर्धा र कमरेडली भाव पुनर्जागृत गराएको र हजारौं जनताको पार्टी प्रवेश सुनिश्चित गरेको उल्लेख गरे।

पार्टीले अब जेठ २ गतेबाट मध्य पहाडी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान सुरु गर्ने निर्णय गरेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१