• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

जब बलिउड अभिनेता परेश रावलले पिए आफ्नै पिसाव

  • २०८२ वैशाख २४, बुधबार १२:०२

चर्चित बलिउड अभिनेता परेश रावलले आफ्नो घुँडाको गम्भीर चोट निको पार्न अपनाएको अनौठो उपायको खुलासा गरेका छन्।

एक अन्तर्वार्तामा उनले आफ्नै पिसाव पिएको खुलासा गर्दै यो उपाय निर्देशक वीरू देवगनको सल्लाहमा अपनाएको बताएका छन्।

देवगनले ‘मासु र रक्सी त्यागेर हरेक बिहान आफ्नो पिसाव पिउ’ भनेपछि उनले १५ दिनसम्म पिसाव पिएको र चोट पूर्ण रूपमा निको भएको पनि दाबी गरेका छन्।

चिकित्सकले सामान्य अवस्थामा रोग निको हुन २–३ महिना लाग्ने भनेको अवस्थामा आफ्नै पिसाब पिएपछी उनी एक महिनामै काममा फर्किन सफल भएको उनको भनाइ छ।

तर स्वास्थ्य विज्ञहरू भने यस्ता अभ्यासले संक्रमण र विषाक्तता निम्त्याउने जोखिम भएकाले यस्तो मूर्खता नगर्न सुझाव दिन्छन् । रोचक कुरा त के भने, रावलले यो निर्णय आफ्नो परिवारलाई समेत नबताई गरेका रहेछन्!

परेश रावल भारतका चर्चित हास्य अभीनेता हुन् ।उनले हालसम्म २४० वटा भन्दा बढी भारतीय चलचित्रहरुमा अभिनय गरिसकेका छन् । परेशले आफ्नै पिसाब पिएको कुरा खुलाएपछी अहिले भारतीय चलचित्र बजारमा यसको निकै चर्चा चल्न थालेको छ ।

 

 

  • २०८२ वैशाख २४, बुधबार १२:०२