
काठमाडौं । भारत र पाकिस्तानबीच भएको पछिल्लो सीमापार गोलीबारी र हवाई आक्रमणबाट दुवै पक्षमा ठूलो जनधनको क्षति भएको छ ।
एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीलाई भारतको पुछ जिल्लामा पाकिस्तानी गोलीबारीबाट १० सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् । सो आक्रमणमा ३२ जना घाइते भएको जनाइएकाे छ ।
उता, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय हवाई आक्रमण र गोलीबारीमा पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा २६ सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् ।
उनका अनुसार त्यहाँ ४६ जना घाइते भएका छन् ।
पछिल्लो जानकारीअनुसार दुवै पक्षले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । सीमामा सैन्य गतिविधि तीव्र पारिएको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेको छ ।
तर हालसम्म कुनै ठोस वार्ताको पहल भएको छैन । यो घटनाले आणविक शक्ति सम्पन्न दुई देशबिचको तनावले दक्षिण एसिया क्षेत्र थप अस्थिर रहने देखिएको छ ।