• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भारत-पाकिस्तान युद्धमा गोर्खा सैनिक नलगाउन सांसद तामाङको आग्रह

  • २०८२ वैशाख २५, बिहीबार १२:४४

काठमाडौं। सांसद मिना तामाङले भारत र पाकिस्तानबीचको सम्भावित युद्धमा नेपाली गोर्खा सैनिकलाई प्रयोग नगर्न भारत सरकारसँग गम्भीर संवाद गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले दुई राष्ट्रबीचको सैन्य द्वन्द्वमा नेपाली नागरिक प्रयोग हुनु अस्वीकार्य भएको बताइन्। उनले भनिन्, “भारत–पाकिस्तानबीचको लडाइँमा गोर्खाली सैनिक प्रयोग नगर्न भारत सरकारसँग गम्भीर छलफल र समाधानका लागि पहल गरियोस्।”

उनले पाकिस्तानले लक्षित गरेका केही भारतीय सहरहरूमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षा र उद्धारबारे पनि सरकारलाई चासो देखाउन आग्रह गरिन्। “त्यहाँ काम गर्न गएका नेपालीहरू जोखिममा पर्न सक्ने भएकाले उनीहरूको सुरक्षाका लागि सरकार गम्भीर होस्,” सांसद तामाङको भनाइ थियो।

  • २०८२ वैशाख २५, बिहीबार १२:४४