शिक्षा क्षेत्रमा ऐतिहासिक मोड, भारत तथा नेपालका विद्यार्थी नेताहरूबीच अन्तरदेशीय सम्मेलन ठमेलमा

नेपाल स्कूल लिडर्स समिट २०२५: शिक्षा ५.० का लागि भारत-नेपाल साझेदारीमा नयाँ युगको सुरुवात हुने भएको छ । शिक्षा क्षेत्रमा ऐतिहासिक मोड स्वरुप, भारत र नेपालको विद्यालय नेताहरूबीचको अन्तरदेशीय सम्मेलनको आयोजना हुने भएको छ ।

“नेपाल स्कूल लिडर्स समिट २०२५”नामक कार्यक्रम यही मे ९ मा काठमाडौंको अलोफ्ट होटल, ठमेलमा आयोजना हुँदैछ। आईपीएन फाउन्डेशनको आयोजनामा तथा अमृता विश्व विद्यापीठमको सहकार्यमा आयोजना हुने यस भव्य सम्मेलनले शिक्षा ५.० को अवधारणालाई जीवन्त बनाउँदैछ।

“स्कूल एजुकेशन ५.०: मानवीय र प्रविधि सम्बन्धको पोषण” भन्ने मुख्य विषयमा आधारित सम्मेलनले आधुनिक प्रविधि, नविनतम शिक्षण अभ्यास, र सहकार्यमार्फत भविष्यको शिक्षा प्रणालीको खाका तयार गर्न खोजेको हो।

भारत र नेपालको शिक्षा प्रणालीबीच ज्ञान, सीप र अनुभव साटासाट गर्दै सीमा पार शिक्षा सहकार्यको प्रवर्द्धन। एडटेक, डिजिटल शिक्षण विधिहरू, र प्रगतिशील पेडागोजीहरू प्रयोग गरी शिक्षामा गुणात्मक सुधार गर्ने र शिक्षाशास्त्री, नीति निर्माता, र विशेषज्ञबीचको संवादबाट नीति निर्माणमा नयाँ सोचको समावेश गर्नु नै सम्मेलनका मुख्य आकर्षणहरु रहनेछन् ।

प्रविधिको सशक्त उपयोग मार्फत सिकाइ नतिजा सुधार ,२१औं शताब्दीको सीप विकासका लागि शिक्षण विधिमा रूपान्तरण र दिगो इन्डो-नेपाल शैक्षिक साझेदारीका मोडेल निर्माण जस्ता विषयमा विषयगत छलफल हुने छ ।

सनबिम ग्रुप अफ इन्स्टिच्युसन्स, डा. वीरेन्द्र स्वरूप ग्रुप अफ स्कूल्स (कानपुर), ग्वालियर ग्लोरी ग्रुप अफ स्कूल्स, श्री सत्य साई ग्रुप अफ स्कूल्स लगायतका भारतका अग्रणी विद्यालय नेताहरू सम्मेलनमा सहभागी हुँदैछन्। उनीहरूले नेपाली समकक्षीसँग सहकार्यको सम्भावना खोजी गर्दै उत्कृष्ट अभ्यास आदानप्रदान गर्नेछन्।

सम्मेलनमा अर्को महत्वपूर्ण मोडको रूपमा एसियाली शिक्षा गठबन्धनको स्थापना घोषणा पनि गरिनेछ। आईपीएन फोरमको अगुवाईमा स्थापना हुने एइसीले एशियाका स्कूल, शिक्षक, अनुसन्धानकर्ता, र नीति निर्माताहरूलाई एक साझा प्लेटफर्ममा ल्याउनेछ। यस गठबन्धनमार्फत नवप्रवर्तन, एडटेक विकास, र क्षमतावृद्धि कार्यक्रमहरूलाई सार्थक बनाइनेछ।

२०१६ मा स्थापना भएको आईपीएन फाउन्डेशन भारतकै सबैभन्दा ठूलो स्कूल नेतृत्व सञ्जाल मानिन्छ । यसको नेतृत्वमा रहेका श्री गौरव यादव एक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त शिक्षा उद्यमी हुन्। आईपीएनले हालसम्म १५,००० भन्दा बढी प्रिन्सिपल, ५ लाख शिक्षक र १० लाखभन्दा बढी विद्यार्थीलाई नेतृत्व विकास, नवप्रवर्तन र क्षमता निर्माणमा प्रशिक्षण दिएको छ।

डब्ल्यूडब्ल्यूएफ-इन्डिया लगायत अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा, आईपीएन फाउन्डेशनले शिक्षा क्षेत्रमा गहिरो प्रभाव छोड्दै आएको छ।

नेपाल स्कूल लिडर्स समिट २०२५ ले न केवल शिक्षा ५.० को अवधारणालाई व्यवहारमा उतार्नेछ, तर भारत र नेपालको शैक्षिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ। एसियाली शिक्षा सहयोगको सपना बोकेको यो सम्मेलन दक्षिण एशियाली क्षेत्रका शिक्षामा दीर्घकालीन परिवर्तनको संकेतक बन्नेछमिडिया सम्पर्कका लागि:

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१