नोरासंग अंगालो हालेपछी प्रोसेसले भने: “के चाहियो र, यो भन्दा”

बलिउडकी चर्चित नृत्यांगना नोरा फतेहीको काठमाडौंमा शनिबार भएको प्रस्तुती अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। कार्यक्रममा नोरा फतेहीले दमदार प्रस्तुति दिइन्, जसले दर्शकहरूलाई झुम्न बाध्य बनायो। कार्यक्रममा थुप्रै नेपाली कलाकारहरूको पनि उपस्थिति रहेको थियो, तर सबैभन्दा बढी ध्यान तान्यो भ्वाइस अफ नेपाल विजेता प्रोसेस पाण्डेसँगको एक दृश्यले।

नोरा र प्रोसेसको ‘अँगालो’को क्षण अहिले चर्चाको शिखरमा छ। दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरे’ गीतको प्रस्तुतिमा सहभागी भएका प्रोसेसलाई नोराले माया गर्दै अँगालो मार्दा कन्सर्ट क्षेत्र ताली र हुटिङले गुञ्जायमान बन्यो।

सोही रमाइलो क्षणको क्लिप प्रोसेसले आफ्नो टिकटकमा पोस्ट गर्दै लेखेका छन्, “के चाहियो र यो भन्दा!” उक्त पोस्टले अहिले झनै चर्चा पाएको छ र धेरैले उनलाई ‘लक्की’ भनेर कमेन्ट गरिरहेका छन् । प्रोसेसले आफ्नो आधिकारिक टिकटक एकाउन्ट मार्फत यो कुरा उल्लेख गरेका हुन् । उनले हाल चर्चामा रहेको “चाईनेजो जिन्दगानिमा” बोलको गितबाट “के चाहियो र, यो भन्दा” भन्ने अंश ब्याकराउण्डमा बजाउदैं यसो लेखेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१