सुनको मूल्य एकैदिनमा ५ हजारले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ । बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। एकैदिनमा छापावाल सुन तोलामा ५ हजार रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। मंगलबार तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५० रुपैयाँले बढेर तोलामा १ हजार ९९० रुपैयाँमा पुगेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१