बजेटलाई मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं। आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकले अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत बजेटलाई स्वीकृति दिएको हो।

अब स्वीकृत बजेट प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिनेछ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१