निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आवको बजेटमार्फत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने समेत उनले बताए ।

भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माणको घोषणा समेत उनले गरेका छन् । उडान चाप कम भएका विमानस्थलको वैकिल्पक प्रयोगलाई जोड दिइने पनि पौडेलले बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१