
काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि २ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि, प्रविधिको प्रयोग विस्तार र पूर्वाधार सुधारमा बजेट केन्द्रित गरिने जानकारी दिए।