राष्ट्रसंघमा ७ हजारभन्दा बढी जागिर संकटमा

काठमाडौँ । आगामी २० महिनाभित्र संयुक्त राष्ट्रसंघ (यूएन) मा कार्यरत हजारौँ कर्मचारीहरूले रोजगारी गुमाउन सक्ने सम्भावना देखिएको छ । यूएनले आफ्ना झण्डै २० प्रतिशत कर्मचारीहरू हटाउने तयारी गरेको हो, जसले गर्दा करिब ७ हजार जागिर जोखिममा परेका छन् ।

एक आन्तरिक ज्ञापनपत्रअनुसार, २०२६ सम्ममा यूएनले व्यापक कर्मचारी कटौती गर्ने योजना बनाइरहेको उल्लेख गरिएको छ ।कर्मचारी कटौतीको प्रमुख कारण यूएनले भोगिरहेको आर्थिक सङ्कट हो ।

रिपोर्टका अनुसार, यूएनले अमेरिकासँग करिब १.५ अर्ब अमेरिकी डलर बाँकी छ, जुन रकम अझै भुक्तानी भएको छैन । यो जानकारी त्यतिबेला सार्वजनिक भएको हो, जब अमेरिकी अर्बपति तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एलन मस्कले केही खर्च बढाउने कानुनप्रति असहमति जनाउँदै राजीनामा दिएका थिए ।

राष्ट्रपति ट्रम्पले नोभेम्बर २० मा कार्यभार सम्हालेयता पछिल्ला छ महिनामा विभिन्न खर्च कटौतीसम्बन्धी निर्णयहरू लिएका छन् । ती निर्णयहरूमा विश्व स्वास्थ्य संगठन (WHO) जस्ता संस्थाहरुलाई दिइने अनुदान कटौतीदेखि हार्वर्ड विश्वविद्यालयको शिक्षासम्बन्धी अनुदानमा प्रश्न उठाउने कामसमेत समावेश छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१