वरिष्ठ पत्रकार चालिसेको दुःखद निधन

काठमाडौं।  वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ ।

गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसे केही समयदेखि बिरामी थिए र जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको अन्त्येष्टि शुक्रबार नै गोकर्णमा गरिने परिवारले जानकारी दिएको छ । चालिसे आमसञ्चार तथा पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तित्वमात्र होइन, शिक्षण र साहित्यिक लेखनमा पनि सक्रिय थिए । उनले पत्रकारिता र साहित्यसम्बन्धी थुप्रै पुस्तकहरू प्रकाशित गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१