
काठमाडौं। केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार, बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको पुष्टि गरिएको छ।
गम्भीर घाइते अवस्थाका बमलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्याइएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।दुर्घटनामा जिप चालकसहित आठ जना घाइते भएका छन्।
तीमध्ये एक जनाको अवस्था गम्भीर, पाँच जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।