बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मानवताविरुद्धको मुद्दा सुरू

काठमाडौं।  बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धका अपराधका आरोपमा सुनुवाइ सुरु भएको छ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले २०२४ को जुलाई र अगस्ट महिनामा भएको व्यापक जनविद्रोहका क्रममा प्रहरीद्वारा प्रदर्शनकारीमाथि गरिएको दमन र हत्या सम्बन्धी आरोपमा हसिनासहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालय (OHCHR) ले प्रकाशित प्रतिवेदनमा, प्रदर्शनका क्रममा सुरक्षा बलले अत्यधिक बल प्रयोग गरेको र १,४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको उल्लेख छ।

अधिकांश मृतक विद्यार्थी र युवा थिए। सुरक्षा बलले प्रदर्शनकारी, पत्रकार र चिकित्सकलाई लक्षित गरी गोली चलाएको आरोप छ ।हसिना सरकारको पतनपछि, नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।

यस सरकारले ICT लाई पुनःसंरचना गर्दै हसिनाविरुद्धको मुद्दामा सुनुवाइ प्रक्रिया अघि बढाएको हो। हसिना भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन् र बङ्गलादेशले उनलाई प्रत्यर्पण गर्न भारतसँग अनुरोध गरेको छ ।

हसिनाले २०१० मा ICT स्थापना गरेकी थिइन्, जसले १९७१ को स्वतन्त्रता संग्रामका अपराधहरूको अनुसन्धान र मुद्दा चलाउने कार्य गर्दै आएको छ। तर, हालको मुद्दामा विपक्षी दलका नेताहरू र मानवअधिकार समूहहरूले ICT को निष्पक्षतामा प्रश्न उठाएका छन्

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१