
काठमाडौं। सुर्खेतमा जारी यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले शानदार दोहोरो शतक प्रहार गरेका छन्।
विरेन्द्रनगर रंगशालामा गण्डकी प्रदेशविरुद्धको खेलमा रौनकले ११७ बलमा १६ चौका र १६ छक्कासहित २१७ रन बनाए।
उनको विस्फोटक प्रदर्शनको मद्दतमा लुम्बिनी प्रदेशले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै ४०३ रनको विशाल स्कोर खडा गर्यो।