काठमाडौं। नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपालगञ्जमा मंगलबार आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनका अवसरमा महामन्त्री गगन थापाले उनलाई टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।
थारु कांग्रेसमा प्रवेशसँगै पार्टीको संगठन विस्तारमा योगदान दिने अपेक्षा गरिएको छ।