
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबारको तुलनामा बढ्दै आज (बुधवार) प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला २ हजार ७४ रुपैयाँमा पुगेको महासंघले जनाएको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २ हजार ४५ रुपैयाँ रहेको थियो।